न्युयोर्कमा राष्ट्रिय कराते रेफ्री पर्खी खालिङको अर्को सफलता

Posted on Posted in Uncategorized

काडमाडौं । युएसए कराते महासंघका राष्ट्रिय रेफ्री पर्खि खालिङले न्युयोर्कमा फेरी अर्को सफलता हासिल गरेका छन् । विगत एक दशकदेखि न्युयोर्कमा सञ्चालित इन्टरनेशनल मार्सल एसोसिएशन, न्युयोर्कको सम्पूर्ण स्वमित्व आफ्नै हातमा पार्दै उनले ठूलो सफलता हासिल गरेका हुन् ।

खालिङ
को स्वामित्वमा आएको इन्टरनेशनल मार्सल एसोसिएशन युएसएमा सञ्चालित पहिलो र एक मात्र नेपाली कराते स्कुल हो । यसअघि अर्का नेपाली शान्त थोकरसँगको संयुक्त लगानीमा सञ्चालित सो स्कुलको सम्पूर्ण स्वामित्व १ जनवरी २०१७ को दिनदेखि उनले लिएका छन् ।
सुरुमा शान्त थोकरद्धारा सञ्चालित सो स्कुलमा प्रशिक्षार्थी भएर प्रवेश गरेका खालिङको निरन्तर मिहेनत र इमान्दारिताका कारण अन्तत स्कुलको सम्पूर्ण स्वामित्व आफ्नै नाममा बनाउन सफल भएका हुन् ।
सन् २००७मा स्थापित सो स्कुलमा सन् २००८ जुन २२ तारिखको दिनदेखि उनले एक प्रशिक्षार्थीको रुपमा प्रवेश गरेका थिए ।
सोही स्कुलबाट सिकेर युएसएमै फष्ट डन र सकेण्ड डनलगायतका विभिन्न उपाधि हासिल गरेका खालिङले युएसए कराते महासंघको कुशल राष्ट्रिय रेफ्रीको रुपमा हालसम्म दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।
खालिङकै सम्पूर्ण स्वामित्वको सो स्कुलमा विश्व कराते महासंघको नीति र नियमअनुसारका सबै खेलहरु खेलाउने गरिएको छ । उनकाअनुसार सो स्कुलमार्फत अहिलेसम्म १५ जनाले ब्ल्याकबेल्ट गरिसकेका छन् भने सयौंले विभिन्न स्तरको प्रशिक्षण लिइसकेका छन् ।
स्कुलको स्वामित्व ग्रहणपछि प्रतिक्रिया दिँदै खालिङले भने, ‘दुई पक्षीय सौहार्दपूर्ण समझदारीपछि मैले इन्टरनेशनल मार्सल आर्टको स्वामित्व आफ्नै नाममा बनाएको छु । यसले ममाथि थप जिम्मेवारी बढेको महसुस गरेको छु । अब यसलाई थप चुस्त, दुरुष्त सञ्चालन गर्नको लागि म लागि पर्नेछु । यो खुशीको क्षणमा मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने महानुभावज्यूहरुलाई विशेष धन्यवाददिन चाहान्छु ।’
उनले अमेरिका जस्तो ठाउँमा पुगेर आफ्नै सम्पूर्ण स्वामित्व वा लगानीमा शिक्षालय जस्तो महत्वपूर्ण क्षेत्रलाई अंगाल्दै समाज र समुदायको मात्रै नभई सिंगो मुलुककै प्रवद्र्धन गर्नुका साथै खेल क्षेत्रको माध्यमबाट देशकोशिर उचो बनाउन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *